वाणिज्य बैंकहरुले तत्काल ८२ अर्ब ऋण लिन सक्ने,कसको क्षमता कति ?

Apr 03, 2018 merolagani

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई परिवत्र्य विदेशी मुद्रामा ऋण लिन सक्ने व्यवस्था गरेपछि वाणिज्य बैंकहरुलाई विदेशी बैंकहरुबाट ऋण लिने बाटो खुलेको छ । यो व्यवस्थाले २८ वाणिज्य बैंकहरुले तत्काल ८२ अर्ब १२ करोड रकम विदेशी बैंकहरुबाट ऋण लिनसक्ने भएका छन् ।

राष्ट्र बैंक विदेशी मुद्रा व्यवस्थापन विभागले गरेको व्यवस्था अनुसार वाणिज्य बैंकहरुले प्राथमिक पूँजीको २५ प्रतिशत रकमसम्म यस्तो ऋण लिन पाउने व्यवस्था गरेको छ ।

चालु आर्थिक बर्षको दोस्रो त्रैमासको प्रतिवेदन अनुसार २८ वाणिज्य बैंकहरुको प्राथमिक पूँजी ३ खर्ब २८ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । यसको आधारमा मात्रै पनि वाणिज्य बैंकहरुले ८२ अर्ब १२ करोड रुपैयाँ बराबरको रकम ऋण लिएर नेपालमा लगानी गर्न सक्नेछन् ।

 कसको कति क्षमता ?

कृषि विकास बैंकको चुक्तापूँजीमा सरकारको अग्राधिकार सेयर समेत गणना गरिएको छ । 

 

चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको प्राथमिक पूँजीको आधारमा कृषि विकास बैंकले सबैभन्दा बढी रकम ऋण भित्र्याउन सक्ने अवस्थामा छ । त्यसपछि क्रमश इन्भेष्टमेन्ट, नबिल र एभरेष्ट बैंक रहेका छन् । सबैभन्दा कम एनसीसी बैंकको प्राथमिक पूँजी रहेको छ ।

कृषि विकास बैंकको प्राथमिक पूँजी सबैभन्दा धेरै २२ अर्ब ८६ करोड रुपैयाँ छ । दोस्रोमा हुने इन्भेष्टमेन्ट बैंकको २० अर्ब ५४ करोड, नबिलको १५ अर्ब ९० करोड र एभरेष्टको १३ अर्ब ३२ करोड रुपैयाँ छ । सबैभन्दा कम हुने एनसीसी बैंकको प्राथमिक पूँजी ७ अर्ब ५९ करोड छ ।

 

 

 

राष्ट्र बैंक गरेको व्यवस्था अनुसार वाणिज्य बैंकहरुले प्राथमिक पूँजीको २५ प्रतिशत रकमसम्म यस्तो ऋण लिन पाउने व्यवस्था गरेको छ । जस अनुसार सबैभन्दा बढी कृषि विकास बैंकले तत्काल ५ अर्ब ७१ करोड ऋण ल्याउन सक्नेछ । यस्तै इन्भेष्टमेन्टले ५ अर्ब १३ करोड, नबिले ३ अर्ब ९७ करोड रुपैयाँसम्म विदेशी बैंकहरुबाट ऋण ल्याउन सक्नेछ । २८ वाणिज्य बैंकहरुमा एनसीसी बैंकले सबैभन्दा कम एक अर्ब ९० करोड रुपैयाँ विदेशी बैंकहरुबाट ऋण ल्याउन सक्छ ।

 

बैकहरुले विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको यस्तो ऋण सेयर बजार, हाउजिङ, जग्गा विकास र रियलस्टेट जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्न राष्ट्र बैंकले बन्देज लगाएको छ ।

यसरी विदेशबाट लिएको ऋण रकम जलविद्युत, प्रसारणलाइन, केवलकार, विमानस्थल, सुरुङमार्ग, सडक, पुल निर्माण जस्ता राज्यको प्राथमिकता प्राप्त पूर्वाधार तथा उत्पादनमुलक क्षेत्रमा मात्र लगानी गर्न पाइनेछ । त्यस्तै ऋण रकम विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि, लघुवित्त क्षेत्रमा पनि कर्जा प्रवाह गर्न पाउने छन् ।

अझै कतिपय वाणिज्य बैंकहरुले राष्ट्र बैंकले तोके अनुसारको न्यूनतम चुक्ता पूँजी कायम गरिसकेका छैनन् । पूँजी नपुर्याएका बैंकहरुले पूँजी विस्तार गर्दा यस्तो रकम अझै बढ्ने देखिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।