मुक्तिनाथले पठायो सेयरधनीको डिम्याट खातामै बोनस, बोनस नपाउनेले के गर्ने ?

Apr 04, 2018 Merolagani

मुक्तिनाथ विकास बैक (MNBBL) ले बुधबार सूचना जारी गर्दै गत आर्थिक बर्षको बोनस सेयरधनीको हितग्राही खातामा नै जम्मा गरेको जनाएको छ । बैंकले बोनस वितरण गर्न साधारण सभाका लागि बुकक्लोज गरेको अघिल्लो दिनसम्म सेयर डिम्याट गरेका सेयरधनीलाई बोनस पठाएको हो ।

बैंकले बुकक्लोज गरेको अघिल्लो दिन पुस ६ गतेसम्म डिम्याट गरेका सेयरधनीलाई हितग्राही खातामा नै  बोनस वितरण गरेको हो । बैंकको पुस १९ गतेको सम्पन्न ११ औं बार्षिक साधारण सभाले सेयरधनीलाई २० प्रतिशत अर्थात ४३ लाख १९ हजार ६०५ कित्ता बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

बुकक्लोजपछि डिम्याट गरेका सेयरधनीलाई क्रमश: बोनस पठाउँदै जाने बताउँदै बैंकले जनाएकाे छ । हालसम्म भौतिक सेयर प्रमाणपत्र धारण गरेका सेयरधनीले निक्षेप सदस्य मार्फत सेयर डिम्याट गरेपछि मात्र बोनस सेयर पठाइने बैंकले स्पष्ट पारेको छ । 

सेयरकर्जा लिएका सेयरधनीको हकमा सम्बन्धित बैंकबाट स्वीकृतिपत्र प्राप्त भएपश्चात मात्र बोनस पठाइने बैंकको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।