शिखर इन्स्योरेन्सले दश प्रतिशत संस्थापक सेयर साधारणमा रुपान्तरण गर्ने

Apr 04, 2018 merolagani

शिखर इन्स्योरेन्स कम्पनीले कुल सेयरको दश प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले यस अघिको प्रस्ताव खारेज गर्दे नयाँ प्रस्ताव अघि सारेको हो ।

यसअघि कम्पनीले संस्थापक सेयरको २० प्रतिशत अर्थात कूल सेयरको १४ प्रतिशत सेयर संस्थापकबाट साधारणमा रुपाान्तरण गर्ने निर्णय गरेको थियो ।

सो निर्णयलाई संशोधन गर्दे कम्पनीले संस्थापक सेयरको १४.२८ प्रतिशत अर्थात कूल सेयरको दश प्रतिशत संस्थापक सेयर साधारणमा रुपान्तरण गर्ने निर्णय गरेको कम्पनी सचिव सुरज राजबाहकले मेरोलगानीलाई जानकारी दिए ।

दश प्रतिशत संस्थापक सेयर साधारणमा रुपान्तरण गरेपछि कम्पनीमा संस्थापकको ६० प्रतिशत तथा साधारणको ४० प्रतिशत शेयर हिस्सा कायम हुनेछ । हाल कम्पनीमा संस्थापको ७० प्रतिशत तथा साधारण सेयरधनीको ३० प्रतिशत शेयर स्वामीत्व रहेको छ ।

यसअघि कम्पनीले १३ औ  साधारणसभा बाट संस्थापकको ५६ प्रतिशत तथा साधारण सेयरधनीको ४४ प्रतिशत सेयर कायम गर्ने प्रस्ताव गरेको थियो । तर बीमा समितिले उक्त प्रस्ताव अस्वीकृत गरेपछि कम्पनीले कम्पनीमा संस्थापकको सेयर स्वामीत्व संस्थापकको ६० तथा साधारणको ४० प्रतिशत कायम गर्ने प्रस्ताव गरेको हो ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।