एनआईसी र एक्सिस बैंकबीच रेमिटेन्स सम्झौंता, भारतबाट रकम पठाउन सहज

Apr 05, 2018 merolagani

एनआईसी एशिया बैंक (NICA) ले र भारतको एक्सिस बैंकसँगको सहकार्यमा भारतबाट इन्वार्ड रेमिटेन्सको सुरुवात गरेको छ । राष्ट्र बैंकको स्वीकृतीमा बैंकले बुधवारदेखि रेमिटेन्स सेवा सुरु गरेको हो।

सम्झौंता अनुसार एक्सिसका ३ हजार ५ सय शाखाबाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिलाई पैसा पठाउन सक्नेछन्। त्यो रकम एनआईसीको १ सय ९२ शाखा र पाँच हजार भन्दा बढी सहायक प्रतिनिधिमार्फत भूक्तानी पाउने बैंकले जनाएको छ।

बैंकले मुलुकभर गरी १९२ शाखा, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र पाँच हजार भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्दे आइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।