आरएसडिसी र नागबेलीले गरे सेयरधनीकाे डिम्याट खातामै बोनस बितरण

Apr 05, 2018 Merolagani

आरएसडिसी र नागवेली लघुवित्त (NBBL) ले बिहीबार सूचना जारी गर्दै गत आर्थिक बर्षको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएका छन् । दुबै कम्पनीले साधारण सभाको लागि बुकक्लोजको अघिल्लाे दिनसम्म सेयर डिम्याट गरेका सेयरधनीको खातामा बोनस बितरण गरेका हुन् ।

दुबै कम्पनीले बुक क्लोज पहिले अर्थात आरएसडिसीले कातिक २३ गतेसम्म तथा नागबेलीले मंसिर १३ गतेसम्म सेयर अभौतिकिकरण गरेका सेयरधनीहरुको डिम्याट खातामा नै बोनस सेयर पठाएका हुन् । बुकक्लोज पछि सेयर डिम्याट गर्ने सेयरधनीलाई क्रमश डिम्याट खातामा पठाउने जानकारी गराएका छन् ।

दुबै कम्पनीका भौतिक सेयर प्रमाणपत्र धारण गरेका सेयरधनीले निक्षेप सदस्य मार्फत सेयर डिम्याट गरेपछि मात्र बोनस सेयर पठाइने बिक्री प्रबन्धकहरुले जनाएका छन् । सेयर कर्जा लिएका सेयरधनीका हकमा भने सम्बन्धित बैंकबाट स्वीकृतिपत्र प्राप्त भएपश्चात मात्र बोनस  डिम्याट खातामा पठाइने जनाइएको छ ।

आरएसडिसी (RSDC) को गत मंसिर ८ गते सम्पन्न चौथो बार्षिक साधारण सभाबाट १३ प्रतिशत र नागबेलीको मंसिर २५ गते सम्पन्न आठौं बार्षिक साधारण सभाले ४५.६० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेका थिए । 

आरएसडिसीको बिक्री प्रबन्धक एनआइबिल एस क्यापिटल तथा नागबेलीको एनएमबि क्यापिटल रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।