जनता बैंकले बिभिन्न कार्यक्रम गरी नवाैं बार्षिक उत्सव मनाउने

Apr 05, 2018 Merolagani

जनता बैंक (JBNL) ले आठ बर्ष पूरा गरी नौ बर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत विभिन्न कार्यक्रमहरु बिभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । बैंकले चैत्र २३ गते शुक्रबार बिहान प्रभातफेरी, रक्तदान कार्यक्रम गर्ने भएको छ । त्यस्तै चैत २४ गते शनिबार थायोराइड परिक्षण, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, ग्यास्ट्रो, नाक, कान, घाँटी र जनरल मेडिसिन चेकअपका कार्यक्रम आयोजना गर्नेछ ।

बैंकले चैत्र २३ गते शुक्रबार बिहान ७ बजेदेखि थापाथली देखि बानेश्वर कार्यालयसम्म प्रभातफेरी आयोजना गर्ने भएको छ । शुक्रबारै बिहान ८ बजेदेखि बानेश्वर, विराटनगर, हेटौडा, नारायणगढ, पोखरा, वुटुवल, भैरहवा, नेपालगञ्ज र धनगढी शाखाहरुमा रक्तदान गर्ने कार्यक्रम तय भएको बैंकले जनाएको छ । 

यसका अतिरिक्त बैंकको सिन्धुपाल्चोकमा रहेको चौतारा शाखामा विहान ९ बजेदेखि स्त्री तथा प्रसूति रोग, जनरल मेडिसिन सम्बन्धी निशुल्क स्वास्थ्य सञ्चालन गर्ने भएको छ ।

त्यस्तै बैंकले चैत २४ गते शनिबार विहान १० बजेदेखि निःशुल्क थायोराइड, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, ग्यास्ट्रो, नाक, कान, घाँटी र जनरल मेडिसिन चेकअपको कार्यक्रम गर्ने जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।