फर्स्ट माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद भर्ने आज अन्तिम

Apr 06, 2018 Merolagani

फर्स्ट माइक्रोफाइनान्स (FMDBL) ले फागुन १८ गतेदेखि निष्काशन गरेको ५० प्रतिशत हकप्रद भर्ने शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीले एक रुपैयाँ अंकित दरको २२ लाख ८१ हजार ३१३ कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

हकप्रदमा लघुवित्तकाे सेयर बिक्री प्रबन्धककाे कार्यालय जमल, फर्स्ट माइक्रोफाइनान्सकाे उपत्यकाभित्र ज्ञानेश्वर र उपत्यका बाहिर उर्लाबारी मोरङ, भरतपुर चितवन तथा नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा प्रदान गर्न अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

हकप्रद प्रयोजनका लागि लघुवित्तले माघ ९ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । यसअनुसार माघ ८ गतेसम्म कायम शेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

हाल ४५ करोड ६२ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फर्स्टको हकप्रद जारी पश्चात ६८ करोड ४३ लाख ९४ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । कम्पनीको सेयर बिहीबार प्रतिकित्ता ५०९ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।