लुम्बिनी विकास बैंकको ६ लाख कित्ता हकप्रदमा आवेदन नपरेपछि लिलामीमा आउने

Apr 06, 2018 Merolagani

लुम्बिनी विकास बैंक (LBBL)काे संस्थापक र साधारण गरि ६ लाख एक हजार ३२५ दशमलव ४७ कित्ता सेयरमा सेयरधनीले आवेदन नगरेपछि बैंकले लिलामीमा ल्याउने भएको छ ।  लिलामीमा आउने मिति भने बैंकले तय गरिसकेको छैन ।

लुम्बिनी विकास बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर विक्री गरेको थियो । कूल निष्काशित २० लाख ८ हजार ८७८ दशमलव ४७ कित्ता हकप्रदमध्ये बैंक सञ्चालक समितिले १८ हजार ७९२ जना आवेदकलाई १४ लाख ७ हजार ५५३ कित्ता सेयर बाँडफाँड गरेको विक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

बैंकले माघ ११ देखि फागुन २३ गतेसम्म चुक्ता पूुँजी २ अर्ब ८८ लाख ७८ हजार रुपैयाँको दश प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । हकप्रदको लिलामीमा बिक्रीपछि बैंकको चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख रुपैयाँ हुनेछ । बिहीबार बैंकको प्रतिकित्ता सेयरमूल्य १५९ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।