समता माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद जारी गर्ने

Apr 06, 2018 Merolagani

बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको समता माइक्रोफाइनान्स (SMATA) ले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रकृया अगाडि बढाएकाे छ । लघुवित्तले  दुर्इ बराबर एक अनुपातमा एक लाख ७९ हजार ६०० कित्ता हकप्रद जारी गर्न लागेको हाे । 

समता माइक्रोफाइनान्सले हकप्रद सेयर निष्काशनका लागि एनआईबिएल एस क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।

५० प्रतिशत हकप्रद जारी गर्नका लागि लघुवित्तले चैत १३ गते निवेदन दर्ता गराएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । हकप्रद जारी गर्ने प्रस्ताव कम्पनीकाे गत मंसिर १६ गते सम्पन्न चाैथाे बार्षिक साधारण सभाले पारित गरेकाे थियाे ।

गत बर्षकाे नाफाबाट २० प्रतिशत बाेनस वितरण गरेकाे लघुवित्तको चुक्ता पूँजी तीन करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी पाँच करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

बिहीबार लघुवित्तको सेयरमूल्य प्रतिकित्ता ६१९ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।