बेष्ट फाइनान्सले सिनर्जी एक्वायर गर्ने प्रस्ताव पारित

Apr 07, 2018 merolagani

बेस्ट फाइनान्स (BFC) ले सिनर्जी फाइनान्सलाई एक्वायर गर्ने भएको छ । कम्पनीको शनिबार सम्पन्न २१ औं बार्षिक साधारणसभाले १ः१ सेयर स्वाप रेसियोमा एक्वायर गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै बेष्ट फाइनान्सले सिनर्जिलाई एक्वायर गर्ने भएपछि गत बर्षको सधारण सभाबाट पारित गरेको १७५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णयलाई समेत खारेज गरेको छ ।

त्यस्तै शनिबारै सम्पन्न सिनर्जी फाइनान्सको १९ औं बार्षिक साधारण सभाले पनि बेस्ट फाइनान्ससँग विलय हुने विशेष प्रस्ताव पारित गरेको छ ।

एकिकृत भएपछि बन्ने फाईनान्स कम्पनीको चुक्ता पूँजी ८९ करोड रुपैयाँ पुग्नेछ । सिनर्जी फाइनान्सको २५ प्रतिशत हकप्रद (११ लाख ८६ हजार २२.४७ कित्ता) निष्कासन प्रकृया अहिले धितोपत्र बोर्डको पाइपलाईनमा रहेको छ ।

२०५२ सालमा स्थापना भएको तत्कालिन जनरल फाइनान्सलाई राष्ट्र बैंकले २०७० जेठमा समस्याग्रस्त भएको थियो। समस्याग्रस्त संस्थाको रुपमा रहेको फाइनान्स कम्पनीमा एनआरएन समूहको प्रवेशपछि बेष्ट फाइनान्सको नामबाट सञ्चालनमा आएको हो ।

सिनर्जी फाइनान्स तत्कालीन एल्पिक एभरेष्ट फाइनान्स, सीएमबी फाइनान्स र बुटवल फाइनान्स एक आपसमा मर्ज भएर बनेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।