नेपाल इन्स्योरेन्सको शतप्रतिशत हकप्रद पछिको समायोजन

Apr 08, 2018 merolagani

नेपाल इन्स्योरेन्स कम्पनी (NICL) को आइतबार नेप्सेमा शतप्रतिशत हकप्रदपछिको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले बैशाख ५ गते देखि १ः१ अनुपातमा हकप्रद शेयरको बिक्री खुला गर्देछ ।

नेप्सेका अनुसार हकप्रद सेयर समायोजन पश्चात कम्पनीको प्रतिकित्ता सेयरमूल्य ५०३ रुपैयाँ कायम भएको छ । जसको आधारमूल्य ६९४.२५ रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित मूल्यका ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद शेयरका लागि चैत्र २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र आवेदन गर्न पाउनेछन् ।

बैशाख ५ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्न लागेको नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद जारी नहुँदै फेरि थप ६५ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी बैशाख २१ गते बार्षिक साधारण सभा राखेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।