एभरेष्ट इन्स्योरेन्सको दश प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

Apr 08, 2018 merolagani

एभरेष्ट इन्योरेन्स (EIC) ले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो । कम्पनीले वैशाख १० हुने साधारण सभामा १० प्रतिशत बोनस वितरणको प्रस्ताव पारित गर्देछ । साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सको सोमबारदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।

एभरेष्टले प्रस्ताव गरेको लाभांस पाउन आइतबारसम्मे सेयरधनी कायम हुनुपर्नेछ ।

इन्स्योरेन्सको साधरणसभाले हाल कायम चुक्ता पूँजीको दश प्रतिशत बोनस सेयर वितरण गर्ने र तत्पश्चात कायम पूँजीमा ५१ प्रतिशत हिस्सा संस्थापक तथा ४९ प्रतिशत हिस्सा साधारण सेयर कायम गर्ने भएको छ ।

कम्पनीले दश प्रतिशत बोनस पश्चात १०५ प्रतिशत संस्थापक हकप्रद र त्यसपछि सबै सेयरधनीलाई ३०० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । बोनस र दुई चरणको हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५९ लाख ३ सय रुपैयाँ कायम हुनेछ । ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।