रिलायन्स फाइनान्सको संस्थापक सेयरको दोश्रो पटक लिलामी खुल्यो

Apr 09, 2018 Merolagani

रिलायन्स फाइनान्स कम्पनीले ५ लाख ३५ हजार ३१४ कित्ता संस्थापक सेयरको आजदेखि दोस्रो पटक लिलामीमा राखेको छ । यसअघि खुला गरेको लिलामीमा विक्री नभएपछि फाइनान्सले फेरी सर्वसाधारणले समेत आवेदन गर्न पाउनेगरी लिलामीमा निकालेको हो ।

संस्थापक सेयर लिलामीमा बोलपत्र पेश गर्न इच्छुक व्यक्ति वा संस्थाहरुले फाइनान्सको बिक्री प्रबन्धक सनराइज क्यपिटल कमलपोखरी तथा रिलायन्सका महेन्द्रपुल पोखरा, नारायणढ चितवन, बनेपा काभ्रे, चारआली झापामा बुझाउन सक्नेछन् ।

त्यस्तै सनराइज बैंककाे विराटनगर, बीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र धनगढीका शाखा कार्यालयहरुबाट ०७५ बैशाख ३ गतेसम्म शिलबन्दी बोलपत्र बुझाउन सकिने व्यवस्था गरिएको छ ।

फाइनान्सले पहिलो पटक चैत्र १ गते देखि ८ सम्म खुला गरेको ५ लाख ४२ हजार ३१४ कित्ता संस्थापकमध्ये चार आवेदकले सात हजार कित्ता मात्र बोलकबोल गरेका थिए ।

फाइनान्सले यसअघि पनि सर्वसाधारणले पनि आवेदन गर्न पाउनेगरि लिलामी ल्याएपनि सो समयमा सर्वसाधारणले आवेदन गर्न पाउने कि नपाउने थाहा नहुँदा निकै न्यून परिमाण मात्र विक्री भएको थियो । यसअघि लिलामीमा गर्ने अन्य कम्पनीहरूले प्रथम पटक साबिकका संस्थापक सेयरधनीले मात्र आवेदन गर्न पाउनेगरि लिलामी खुला गर्ने गरेका थिए ।

रिलायन्सले गत मंसिर २२ देखि माघ १२ गतेसम्म चुक्ता पूँजीको ४५ प्रतिशत बराबरको २३ लाख ६ हजार ५७१ कित्ता हकप्रद निष्काशन गरेको थियो । हकप्रदपछि फाइनान्सको चुक्ता पूँजी ७४ करोड ३२ लाख रुपैँया पुगेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।