ग्रीन डेभलपमेन्ट बैंकले साढे ६ लाख कित्ता सेयर लिलामी गर्ने

Apr 09, 2018 Merolgani

ग्रीन डेभलपमेन्ट बैंक (GRDBL) ले संस्थापक र साधारण गरि कूल ६ लाख ६२ हजार २९७ कित्ता सेयर लिलामी गर्ने जनाएको छ । बैंकले यसअघि निष्काशन गरेको चार सय प्रतिशत हकप्रदमा अवितरित भएकाे सेयर लिलामी लागेकाे हाे ।

बैंकले यसअघि पुस १६ गतेसम्म कायम सेयरधनीलाई माघ २ गतेदेखि फागुन २३ गतेसम्म एक बराबर चार अनुपातमा ४० लाख कित्ता हकप्रद जारी गरेको थियो ।

सो हकप्रद चैत २२ गते सम्पन्न बैंक सञ्चालक समितिले रितिपूर्वक आवेदन दिने सेयरधनीलाई ३३ लाख ४७ हजार ७०३ कित्ता बाँडफाँड गरेको ग्रीनको सेयर विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ । 

याे लिलामी सेयर विक्री पश्चात बैंककाे चुक्त्ता पूँजी ५० कराेड रूपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।