चार कम्पनी अन्तरबैंक विद्युतीय भुक्तानीमा आवद्ध

Apr 09, 2018 Merolagani

नेपाल क्लियरिङ्ग हाउसमा चार कम्पनीहरु ग्रीन डेभलपमेन्ट बैक, ललितपुर, सिनर्जी र जानकी फाइनान्सबिच अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL–IPS) आवद्ध भएका छन् । चारै वटा कम्पनीले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा लिने क्रममा नेपाल क्लियरिङ्ग हाउससँग छुट्टा छुट्टै सम्झौता गरेका छन् ।

सम्झौतामा एनसिएचएल–आईपिएसको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत नीलेश मान प्रधान र चार वटा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु ग्रीनका बैकुण्ठ राज तिम्सीना, ललितपुर फाईनान्सका सुरेन्द्र बहादुर न्हुच्छे प्रधान, सिनर्जी फाइनान्सका विनीतमणि उपाध्याय र जानकी फाइनान्सका रजनिश कुमार सिहंले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

हालसम्म सिडिएस एण्ड क्लियरिङ्गको विद्युतीय भुक्तानी प्रणालीमा ७४ बैंक तथा वित्तीय संस्थाहरुसँग प्रत्यक्ष सदस्यको रुपमा र ७ कम्पनीहरु अप्रत्यक्ष प्राबिधिक सदस्यको रुपमा यस प्रणाली सञ्चालन गर्दै आएको छ ।

NCHL–IPS  प्रणालीमा आवद्ध भएका कम्पनीको ग्राहकहरुले यस प्रणालीमा आएका बैंक तथा वित्तीय संस्थाहरु मार्फत सजिलै रकम भुक्तानी गर्न सकिने भएको हुनाले ग्राहकहरु थप लाभान्वित हुने सिडिएसले जनाएको छ ।

नेपाल क्लियरिङ्ग हाउसले २०६५ साल देखि नै बैंक तथा वित्तीय संस्थाहरु बिचमा अन्तरबैक विद्युतीय भुक्तानी सेवा दिँदै आएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।