लगानी गर्ने रकम नभएर एफपिओ बिक्री गरेको बुटवल पावरको नगद लाभांश !

Apr 09, 2018 merolagani

२० प्रतिशत नगद एफपिओवालालाई हर्ष न विस्मात

कम्पनीका निमार्णधीन तथा नयाँ आयोजनामा लगानी गर्ने रकम जोहो गर्न एफपिओ बिक्री गरेर ठूलो रकम संकलन गरेको बुटवल पावरले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले एफपिओले समेत पाउनेगरी उक्त लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले नगद लाभांश बापत ४४ करोड ३७ लाख ३४ हजार ४ सय रुपैयाँ बाँड्ने छ ।

कम्पनीले प्रिमियम सहित ५०१ रुपैयाँका दरका ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्री गरेको थियो । एफपिओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब २१ करोड ८६ लाख ७२ हजार पुगेको छ । एफपिओ बिक्री गरेर कम्पानीले एक अर्ब ६३ करोड ६४ लाख ८१ हजार प्रिमियम संकलन गरेको थियो ।

कम्पनीले २० प्रतिशत नगद लाभांस घोषणा गरेपनि लगानीकर्ता भने खासै खुसी देखिदैनन् । कम्पनीले आयोजना निमार्ण गर्ने भनेर संकलन गरेको रकम लाभांश बाँडेर दुरुपयोग गर्न खोजेको एक लगानीकर्ताले मेरो लगानीलाई बताए ।

कम्पनीले एफपिओ बिक्री गर्दा प्रकाशित गरेको आह्वान पत्रमा एफपिओबाट संकलित रकम कम्पनीले निमार्ण सुरु गरेका आयोजनामा लगानी गर्ने उल्लेख गरेको थियो ।

 

सेयरबजार निरन्तर घटेर दोस्रो बजारमा कम्पनीको सेयरमूल्य एफपिओको भन्दा तल झरेको अवस्थामा नगद लाभांसले कम्पनीका लगानीकर्ताले केही राहात पाएपनि एफपिओमा सेयर परेका लगानीकर्तालाई भने यो लाभांस हर्ष र बिस्मात हुने पक्का छ । अहिले दोस्रो बजारमा कम्पनीको सेयरमूल्य ४७० रुपैयाँ छ ।

झट्ट हेर्दा २० प्रतिशत धेरै देखिए पनि ५०१ रुपैयाँ प्रतिकित्ताका दरले एफपिओ किनेका सेयरधनीलाई भने केही पनि हुने देखिँदैन । एफपिओमा लगानीकर्ताले प्रतिकित्ता ५०१ रुपैयाँ राखेका थिए । एफपिओमा सेयर कबुल्नेहरुका लागि नगद लाभांस चार प्रतिशत भन्दा कम हुने देखिन्छ । 

तर कम्पनीका सचिव हरि बहादुर बुढाथोकीले कम्पनीले अार्थिक बर्ष ०७३/ ७४ काे मुनाफाबाट २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको बताए । 

कम्पनीले ३० मेगावाटको न्यादी जलविद्युत आयोजना र ३७ दशमलव छ मेगावाटको काबेली ए जलविद्युत आयोजना निमार्ण गर्ने घोषणा गरेको छ । यी आयोजना विदेशी साझेदार तथा स्वदेशी साझेदारसँगको सहकार्यमा सन् २०२० सम्म सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांशे २५ औं बार्षिक साधारणबाट पारित गरिने भएको छ । कम्पनीले २०७५ जेठ ८ मंगलबार बिहान १० बजे कार्की ब्यङक्वेट, बबरमहल काठमाडौंमा साधारण सभा गर्ने जनाएको छ । साधारण सभाको प्रयोजनको लागि बैशाख २७ गतेदेखि कम्पनीले बुकक्लोज गर्ने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।