एनआईसी एशियाको नयाँ शाखा चितवनको गीतानगरमा

Apr 09, 2018 Merolagani

एनआईसी एशिया बैंक (NICA) ले चितवनको भरतपुर महानगरपालिका ६, चोक बजारमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल तथा बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथी मेयर रेनु दाहालले बैंकले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने बताइन् । बैंक सञ्चालक अर्यालले बैंकले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउन शाखा विस्तारलाई निरन्तरता दिदै जाने बताए । 

हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको बैंकको देशभरी १९२ शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । बैंक १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा ब्रान्चलेस बैंकिङ्ग मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने बैंक हुन सफल भएको छ ।

एनआईसी एशिया बैंकको वासलातको आकार १५४ अर्ब, कुल कर्जा करिब १०६ अर्ब र कुल निक्षेप करिब १३० अर्ब पुगीसकेको बैंकद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।