लुम्बिनी विकास बैंकको ६ लाख कित्ता सेयर वैशाख २ गतेदेखि लिलामीमा आउने

Apr 10, 2018 merolagani

लुम्बिनी विकास बैंक (LBBL) ले ६ लाख एक हजार ३२५ कित्ता सेयर लिलामी गर्ने भएको भएको छ । बैंकले हकप्रदमा नबिकेको संस्थापक तर्फको ३ लाख ७९ हजार ३३६ कित्ता र २ लाख २१ हजार ९८९ कित्ता सर्वसाधारण तर्फको सेयर लिलामी गर्ने भएको हो ।

लिलामी आवेदन गर्न इच्छुक ब्यक्ति वा संघ संस्थाले बैशाख २ गते देखि ९ गते सम्म आवेदन बुझाउन सकिने छ । 

बैंकको लिलामी बोल पत्र यस बैंकको सेयर बिक्री प्रबन्धक भिबोर क्यापिटल र बैंकको केन्द्रिय कार्यालय डिल्लीबजार त्रिपुरेश्वर, कान्तिपथ, न्यूरोड, ठमेल, पोखरा न्यूरोड र महेन्द्रपुल बिराटनगर बिरगंज, नारायणगढ, भैरहवा नेपालगंज, जनकपुर र बनेपा शाखा कार्यलयबाट पनि शिलबन्दी बोल पत्र पेश गर्न सिकिने ब्यवस्था गरिएको छ ।

लिलामीका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा आवेदन दिन सक्नेछन् ।
साथै, उक्त बैंकको सोमबारको बजार मूल्य १५३ रुपैयाँ मा कारोबार भएको थियो ।

बैंकको हालको चुक्ता पूँजी २ अर्ब २० करोड ९७ लाख रुपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।