महालक्ष्मी विकास बैंक अझै मर्जरको खोजीमा, लाभांस पारित गर्न बोलायो साधारण सभा

Apr 11, 2018 merolagani

महालक्ष्मी विकास बैंक (MLBL) ले बैशाख २१ गतेका लागि १६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त साधारणसभाले नौ प्रतिशत अर्थात २३ करोड ७० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण लगायतका प्रस्ताव पारित गर्नेछ ।



त्यस्तै बैंकले साधारणबाट मर्जर÷एक्विजीसन जाने बाटो खुला राख्दै लेखापरीक्षक नियुक्ती र संचालक समितिको निर्वाचन गर्ने रहेको छ । संस्थापक सेयरधनीका तर्फबाट ३ र सर्वसाधारणबाट ३ गरी ६ जना सञ्चालक समितिको निर्वाचन गर्ने कार्यक्रम रहेको बैंकले जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि बैंकले बैशाख ७ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

विकास बैँकहरुमध्ये सबैभन्दा बढी २ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पूँजी भएको महालक्ष्मी विकास बैंकले फाल्गुन मसान्तसम्म २४ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले देशभरी ७१ शाखा सञ्जाल तथा ३५ एटिएमबाट ग्राहकलाई अत्याधुनिक वित्तीय सेवा प्रदान गर्दे आईरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।