श्री इन्भेष्टमेन्टको संस्थापक सेयर पुनः लिलामीमा,सर्वसाधारणले पनि पाउने

Apr 11, 2018 merolagani

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी (SIFC) ले बुधबारदेखि संस्थापक समूहको २ लाख ७७ हजार ९९६ कित्ता सेयर पुनः लिलामीमा राखेको छ । यसअघिको लिलामीमा संस्थापक तर्फको सेयर बिक्री नभएपछि कम्पनीले पुन लिलामीमा ल्याएको हो ।

लिलामीको सेयरमा सर्वसाधारण व्यक्ति, कम्पनी तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम म्याद वैशाख ५ गते तोकिएको छ ।

ईच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

बिक्री प्रबन्धकको कार्यालय नारायणचौर नक्साल, काठमाडौं तथा श्री इन्भेष्टमेन्ट फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौं र विराटनगर, भैरहवा शाखाबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिद्धार्थ बैंकको विरगञ्ज, बुटवल, पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले यसअघि चैत ८ गतेदेखि १६ गतेसम्म संस्थापक समूहको २ लाख ७७ हजार ९९६ कित्ता र सर्वसाधारणतर्फ ६६ हजार ३७७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । जसमा सर्वसाधारण समूहको सेयरमा न्यूनतम १८६ रुपैयाँसम्म भाउ राखेर बोलपत्र पेश गर्नेले पाएका थिए भने संस्थापक समूहको सेयर बिक्री हुन नसकेपछि सर्वसाधारणले पनि किन्न पाउने गरी फेरि लिलामी गर्न लागिएको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।