बैंक अफ काठमाण्डूको सेयर रजिष्ट्रारमा काठमाडौं क्यापिटल

Apr 11, 2018 merolagani

बैंक अफ काठमाण्डूले काठमाडौ क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । काठमाडौ क्यापिटल बैंक अफ काठमाण्डूको सहायक कम्पनी हो । बैंकले काठमाडौं क्यापिटल मार्केटको दुई तिहाई प्रमोटर शेयर खरिद गरेको थियो ।

बैंकले उक्त कम्पनी मार्फत मर्चेन्ट बैकिंङ्ग सम्बन्धी सुविधाहरु प्रदान गर्ने भएको छ ।

अबदेखि बैंकको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, सेयरधनीको लगत अद्ययावधिक लगायतका सबै कार्यहरु काठमाडौ क्यापिटलबाट हुने बैकले जनाएको छ ।

यसअघि बैंकले अनामनगर स्थित शाखा कार्यालयबाट आफै सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्दै आएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।