घुमाउरो पाराले ब्याजदर बढाउने प्रतिस्पर्धामा एसबिआई पनि उत्रियो

Apr 11, 2018 Merolagani

नेपाल एसबिआई बैंक पनि घुमाउरो पाराले ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिएको छ । तेस्रो त्रैमासिक प्रतिवेदन प्रकाशित गर्ने मिति नजिकिँदै गर्दा लगानी याेग्य रकम बढाउन तथा राष्ट्र बैंकले तोकेको कर्जा निक्षेप अनुपातको सीमा कायम गर्न ठूलो निक्षेप तान्ने होडमा ब्याजदर बढाउने नयाँ योजना ल्याएको हो ।

एसबिआई बैंकले निक्षेप बढाउनकै लागि संस्थागत लगानीकर्तालाई त्रैमासिक रुपमा नै संस्थागत निक्षेपकर्तालाई मुद्धती खातामा ९ प्रतिशत ब्याजदर मासिक रूपमा भुक्त्तानी गर्ने भएको छ । यसअघि संस्थागत निक्षेपकर्तालाइ बैंकले बार्षिक रुपमा ९ प्रतिशत ब्याजदर दिँदै आएको थियो । यस्तो ब्याज मासिक रुपमा भुक्तानी गर्ने गरेको थियो । 

बैंकले संस्थागत लगानीकर्ता आकर्षित गर्नकै लागि चैत १६ गते गरेको मुद्धती बचतको ब्याजदर १२ औं दिनमै परिवर्तन गरेको हो । यसअघिको सूचनामा बैंकले ६ महिनाभन्दा कम अवधिको संस्थागत निक्षेप संकलन गर्ने गरि ब्याजदर प्रकाशित गरेको थिएन ।

एसबिआईले चैत १६ गते १ देखि ३ महिना अवधिमा व्यक्तिगत र विदेशी कुटनैतिक संस्थाहरूलाई ४.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने उल्लेख गरेको थियो । चैत २८ गते प्रकाशित गरेको सूचनामा बैंकले व्यक्तिगतको ४.२५ प्रतिशत भन्दा दोब्बर ९ प्रतिशत ब्याजदर प्रदान गर्ने उल्लेख गरेको छ ।

यसले बैंकहरुले निक्षेपकाे तुलनामा धेरै कर्जा लगानी गरेपछि तेस्रो त्रैमासिक प्रतिवेदनमा कर्जा निक्षेप अनुपात घटाउन लागेको स्पष्ट बुझ्न सकिन्छ । यसरी राष्ट्र बैंकको कारबाही छल्न बैंकहरुले घुमाउरो पाराका अनेकौं उपाएहरुको अवलम्बन गर्दे निक्षेप बढाउने प्रयास गर्न थालेका हुन् ।

सिभिल बैंकको माघदेखि नै संस्थागत लगानीकर्तालाई आकर्षित गर्न त्रैमासिक अवधिमा ९ प्रतिशत व्याजदर प्रदान गर्दे आइरहेको छ ।

यसअघि अन्य बाणिज्य बैंकहरु सिभिल बैंक, एनआईसी एशिया, नबिल बैंकले पनि निक्षेप आकर्षित गर्न विभिन्न फमूर्ला अबलम्बन गरेका थिए । बैंकहरुले प्रकाशन गर्ने ब्याजदर पटक पटक परिवर्तन हुँदा त्यसको प्रतक्ष्य प्रभाव सेयर बजारमा समेत पर्ने गरेको छ ।

राष्ट्र बैंककाे अनुसार बैंकिङ प्रणालीमा अहिले २६ अर्ब रुपैयाँ अधिक तरलता छ । बैंकिङ्ग प्रणालीमा लगानी योग्य पुँजीको अभाव हुँदा यसअघि बैंकहरुले संस्थागत निक्षेपकर्ताबाट १३ प्रतिशतसम्म ब्याजदरमा निक्षेप उठाएका थिए ।

बैंकहरुले संस्थागत निक्षेपकर्ताबाट बढी ब्याजदरमा निक्षेप उठाउन थालेपछि बैंकर्स संघको सहमतिमा बाणिज्य बैंकहरूले संस्थागत मुद्धतीमा अहिले ९ देखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् ।

ब्याजदर वृद्धि बारे के भन्छ बैंक ?

बैंकको कम्पनी सचिव रमेश घिमिरेले मेरोलगानीसँग बजारको आवश्यकता अनुसार नै बैंकले ब्याजदर बढाएको बताए । उनले हरेक बैंकले समयको माग र बजारसँग मेल खानेगरी आफ्नो आफ्नो स्कीम सार्वजनिक गर्ने हुँदा बैंकले पनि सोही अनुसार छोटो अवधिको ब्याजदर वृद्धि गर्नुपरेको उल्लेख गरे ।

घिमिरेले बैंकहरुमा बढेको निक्षेप अभावका कारण नै एसबिआईले पनि ३ महिना अवधिमा ९ प्रतिशत व्याज प्रदान गर्नुपर्ने बाध्यता अाएकाे सुनाए । लगानी गर्ने तरलता सहज भएको भए यो अवस्था नआउने जिकीर गर्दे उनले सबै बजारमा देखिएको निक्षेप अभावको असरका कारण उत्पन्न भएकाे बताए । बजारको अवस्था अनुसार बैंकले आफ्नो ब्याजदरमा परिमार्जन गर्नुपरेको उनको भनाई छ । 

एसबिआई बैंकको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको कर्जा निक्षेप अनुपात ७७.०३ रहेको छ । यस अवधिमा बैंकले ८५ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रबाह गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।