दुई जलविद्युत कम्पनीको ५ करोड ७१ लाखको आइपिओ आउने

Apr 12, 2018 merolagani

दुई जलविद्युत कम्पनीले ५ करोड ७१ लाख रुपैयाँ बराबरको ५ लाख ७१ हजार कित्ता आईपिओ निष्कासन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी र शुभम् पावर लिमिटेडलाई आईपिओ निष्कासनको अनुमति दिएको हो ।

दुवै कम्पनीलाई धितोपत्र बोर्डले आयोजना प्रभावित स्थानीयबासीका लागि आईपिओ जारी गर्न स्वीकृति दिएको हो । दुवै आयोजना संखुवासभामा रहेका छन् ।

जोशी हाइड्रो

धितोपत्र बोर्डले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई पहिलो चरणमा ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ४ सय कित्ता आईपिओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले स्थानीयलाई १० प्रतिशत सेयर दिनुपर्ने नियम छ ।

स्थानीय सहित सर्वसाधारणमा ३० प्रतिशत सेयर जारी गर्ने सम्भावनालाई आधारमान्दा कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि ७ करोड ४२ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ४२ हजार ८ सय कित्ता सेयर जारी हुन सक्ने सम्भावना रहेको छ ।

जोशीले संखुवासभामा ३ मेगावाटको माथिल्लो पुवा आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । बिसं २०७१ माघ १ गतेबाट यो आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन थालेको छ ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

शुभम पावर कम्पनी

यस्तै धितोपत्र बोर्डले शुभम् पावर कम्पनी लिमिटेडलाई २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता आइपिओ निष्कासनका लागि अनुमति दिएको हो । शुभम पावरले पनि आयोजना प्रभावित स्थानीयबासीका लागि आइपिओ जारी गर्न लागेको हो ।

स्थानीबासीलाई सेयर बिक्री गरेपछि कम्पनीले सर्वसाधारणलाई चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता सेयर निष्कासन गर्नेछ ।

कम्पनीले संखुवासभामा करिब एक मेगावाट क्षमताको पिलुवाखोला हाइड्रोइलेक्ट्रिक आयोजना सञ्चालन गरिरहेको छ ।

शुभमको बिक्री प्रबन्धकमा सीबीआईएल क्यापिटल लिमिटेड रेहको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।