नागरिक लगानी कोषले १६ करोड २८ लाख बराबरको बोनस बाँड्ने, साधारणसभा वैशाख ७ मा

Apr 12, 2018 merolagani

नागरिक लगानी कोष (CIT) ले आगामी बैशाख ७ गते २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले गत आर्थिक बर्षको नाफाबाट प्रस्तावित २२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

कोषले २२ प्रतिशत बराबरको १६ करोड २८ लाख ५८ हजार २७२ रुपैयाँ बोनस तथा १.१५ प्रतिशत नगद बराबरको ८५ लाख ७१ हजार ४८८ रुपैयाँ लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

अन्य प्रस्तावहरुमा आव २०७२–७३ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा, नोक्सान प्रतिवेदन पारित गर्ने रहेको छ ।

साधारण सभाका लागि कोषले चैत २२ देखि सेयरधनी किताब बन्द गरेकाले चैत २१ गतेसम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् ।

७४ करोड तीन लाख रुपैयाँ सेयर पूँजी रहेको नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ कायम गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।