सनराइज बैंकको बोनस नेप्सेमा सूचीकरण,बोनस पाउन कर तिर्नुपर्ने

Apr 12, 2018 Merolgani

सनराइज बैंक (SRBL) को १ करोड ०६ लाख ३३ हजार ७६८ दशमलव ५० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा विहीबार सूचीकरण भएको छ । बैंकको गत पुस ३ गते सम्पन्न दशौ बार्षिक साधारण सभाले विशेष प्रस्ताव पारित गरे बमोजिम शेयरधनीहरुलाई वितरण गरिएको १५ प्रतिशत बोनस शेयर सूचीकरण भएकाे हो । 

साधारण सभाले बोनसमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांशको व्यवस्था नगरेकाले बोनस प्राप्त गर्न सेयरधनी आफैँले कर रकम तिर्नुपर्ने बैंकले जनाएको छ ।

उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड नाघेको सनराइज बैंकले जनाएको छ ।

यससँगै नेपाल राष्ट्र बैंकबाट “क” वर्गको बाणिज्य बैंकहरुलाई न्यूनतम चुक्ता पूँजी ८ अर्ब रूपैयाँ पुर्याउन दिएको निर्देशन अनुसार बैंकले गत आ.ब. २०७३/०७४ को मुनाफाबाट बोनस शेयर जारी गरी चुक्ता पूँजी पुर्याउन सक्षम भएको बैंकद्धारा जारी विज्ञस्तीमा उल्लेख छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।