दुई बाणिज्य सहित ९ कम्पनीको तीन करोड २१ लाख कित्ता सेयर सूचीकृत

Apr 12, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा विहीबार दुई बाणिज्य बैंक सहित ९ कम्पनीको तीन करोड २१ लाख ९८ हजार ९६७ कित्ता सेयर सूचीकरण भएको छ ।

सनराइज र प्राइम कमर्सियल बैंक सहित ८ कम्पनीको बोनस तथा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको हकप्रद सूचीकरण भएको नेप्सेले जनाएको छ ।

जसमध्ये तीन करोड १५ लाख हजार ९२७ कित्ता बोनस तथा १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर रहेको छ । 

हेर्नुहाेस् कुन कम्पनीले कति गराए सूचीकरण :-

 

प्राइम कमर्सियल बैंकको २७ प्रतिशत बराबरको एक करोड ७० लाख ७८ हजार ६६६ दशमलव ८९ कित्ता बोनस सूचीकरण भएको हो । त्यस्तै सनराइज बैंकको १५ प्रतिशत बराबरको एक करोड ६ लाख ३३ हजार ७६८ दशमलव ५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

उता प्रुडेन्सियल इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद बराबरको १२ लाख ८३ हजार ४० कित्ता हकप्रद सेयर पनि विहीबारै सूचीकृत भएको हाे ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।