बेतन कर्णाली आयोजनाका लागि वित्तीय स्रोत जुट्दै, एसबिआई र नबिलले लिए नेतृत्व

Apr 12, 2018 merolagnai

कर्मचारी संचय कोषका संचयकर्ताहरुको अधिकांश शेयर लगानी रहेको बेतन कर्णाली जलबिद्युत आयोजनाको लागि बित्तीय स्रोत जुटेको छ । उक्त आयोजनामा एसबीआई बैंक तथा नबिल बैंकको नेतृत्वमा सहबित्तीयकरणमा २५ अर्ब ऋण लगानी हुने भएको छ ।

विहीबार कर्मचारी सञ्चय कोष, एसबीआई बैंक तथा नबिल बैंकबीच आयोजनाको लागि आवश्यक कूल ऋण मध्ये आशिंक ऋण (२५ अर्ब रुपैया सम्म) बैकिङ्ग सहबित्तीयकरण समुह गठन गरि ऋण व्यवस्थापन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा कर्मचारी सञ्चय कोषको तर्फबाट कोषका कार्यवाहक प्रशासक दीपक रौनियार नेपाल एसविआई बैंकको तर्फबाट प्रबन्धक संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर र नविल बैंकको तर्फबाट अनिल केशरी शाहले हस्ताक्षर गरे । ऋण व्यवस्थापन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएसँगै औपचारीक रुपमा आयोजनाको ऋण व्यवस्थापनको कार्य अगाडि बढेको छ ।

बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपवर कम्पनी लिमिटेडले निमार्ण गर्न लागेको बेतन कर्णाली जलबिद्युत आयोजना सुर्खेतको चौकुने गा.बि.स. रहेको छ । आयोजनाको बिस्तृत परियोजना प्रतिबेदन तयारी डिपिआरको कार्य भैरहेको छ ।

सो आयोजनाको कुल लागत ७० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । जसमध्ये ३० प्रतिशत अर्थात् २१ अर्ब रुपैयाँ शेयर पूँजीबाट र बाँकी ७० प्रतिशत अर्थात ४९ अर्ब रुपैयाँ ऋण ब्यवस्थापन गरिने बताइएको छ ।

बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपवर कम्पनीको अधिकृत पूँजी २० अर्ब र जारी पूँजी १० अर्ब रहेको छ । जसमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको ४० प्रतिशत, कर्मचारी सञ्चय कोषको १५ प्रतिशत सेयर स्वामीत्व छ ।

त्यस्तै नेपाल बिद्युत प्राधिकरणको १० प्रतिशत, बिद्युत उत्पादन कम्पनीको १० प्रतिशत र बाँकी २५ प्रतिशत सर्बसाधारण नेपाली नागरिक, आयोजना प्रभावित जिल्लाका वासिन्दा र अति बिपन्न परिवारको शेयर स्वामित्व रहनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।