‘सन् २०१८ मा विश्व ब्यापारदर ४.४ प्रतिशत रहने’

Apr 13, 2018 merolagani

विश्व व्यापार संगठन (डव्लुटिओ) ले बिहीबार एक तथ्याङ्क सार्वजनिक गर्दै सन् २०१८ मा विश्व व्यापार दर ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यो दरमा सन् २०१९ मा केही ह्रास आई चार प्रतिशत कायम हुने आँकलन गरेको छ ।

व्यापारमा निरन्तर वृद्धि देखिनुमा विश्व अर्थतन्त्रमा विकास र सरकारहरूको उचित व्यापार नीति जिम्मेवार मानिएको डव्लुटिओले आफ्नो बार्षिक प्रक्षेपण प्रतिवेदनमा जनाएको छ ।

तर डव्लुटिओद्वारा सार्वजनिक प्रतिवेदनमा विश्व व्यापार गतिविधिमा तीब्र तनाव आउनसक्ने सङ्केत देखिएका चेतावनी दिँदै यसले व्यापार गतिविधिप्रति रहेको विश्वास र लगानीको निर्णयलाई प्रभावित तुल्याउने हुँदा हालको व्यापार वृद्धिदर सम्बन्धि हालको दृष्टिकोणलाई जोखिममा पार्नसक्ने पनि बताएको छ ।

विश्वले अहिले देखेको व्यापारको मजबुत व्यापार वृद्धिदर विश्व अर्थतन्त्र वृद्धि तथा सुधार र रोजगारी सिर्जनाका लागि सघाउने दिशामा महत्वपूर्ण हुने डव्लुटिओका महानिर्देशक रोवर्टो अजेभेदोले बताए।

व्यापारमा देखिएको महत्वपूर्ण प्रगति छिट्टै जोखिममा पर्ने चेतावनी दिँदै भन्नुभयो, यदि सरकारहरूले निषेधको व्यापार नीति वा जस्तालाई तस्तै भन्ने खालको व्यवहारकासाथ अघि बढेमा यसबाट विश्व व्यापारलाई व्यवस्थित गर्न नसकिने गरी समस्या उत्पन्न हुनसक्नेछ ।”

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।