मेगा र माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृत छानिए

Apr 13, 2018 Merolagani

मेगा बैंक (MEGA) को प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुँजेली तथा माछापुच्छ्रे बैंकमा सुमन शर्मा नियुक्त भएका छन् । दुबै बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले खुँजेली र शर्मालाई ४ वर्षका लागि सिइओ बनाउने निर्णय गरेका हुन् ।

मेगा बैंकमा प्रमुख कार्यकारी अधिकृत चयन भएकी खुँजेली बाणिज्य बैंकमध्येमा पहिलो महिला सिइओ हुन् । अहिलेसम्म २८ बाणिज्य बैंकहरुमध्ये कुनैपनि बैंकमा महिला सीइओ बनेको इतिहास छैन ।

खुँजेलीले अनिल केशरी शाहको कार्यकाल सकिएपछि मेगामा ५ महिना अघिदेखि कामु सिइओको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । तत्कालिन ग्रिनलेज हाल स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट काम शुरु गरेकी उनीसँग २७ वर्ष बैकिङ क्षेत्रमा काम गरेकी अनुभव छ । चार्टडमा १३ वर्ष, नविल बैंकमा ६ वर्ष, मेगा बैंकमै नायब महाप्रबन्धक र सहायक प्रमुख कार्यकारी अधिकृत भएर ८ वर्ष काम गरेको अनुभव छ भने एस म्यानेजमेन्ट इन्स्टच्यूटबाट एमबीए गरेकी छिन् । 

उता माछापुच्छ्रै बैंक (MBL) मा सिइओ बनेका शर्माले केही महिना अगाडि मात्र डेपुटी सिइओबाट राजिनामा गरेर बैंकबाट बाहिरिएका थिए । शर्मालाई अहिले माछापुच्छ्रेले एक तह वढुवा गरी सिइओ बनाएर फेरी बैंकमा फर्काएको हो ।  निरज श्रेष्ठले कार्यकाल बाँकी छँदै राजिनामा गरेपछि बैंककाे प्रमुख कार्यकारी अधिकृत पद रिक्त थियो ।

माछापुच्छ्रेबाट राजिनामा गरेर ग्लोबल आईएमई बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतको रुपमा शर्माले हालसम्म काम गरिरहेका छन् ।


माछापुच्छे बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका सुमन शर्मासँग दुई दशक बढी बैंकिङ अनुभव छ । सन् १९९७ मा नेपाल एसविआई बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका उनीसँग एनएमबि बैंकमा ९ बर्ष, माछापुच्छे बैंकमा ३ वर्ष र ग्लोबल आइएमई बैंकमा डेपुटी सिइओ भएर काम गरेको अनुभव छ । यद्यपी शर्मा कहिलेबाट ग्लोबल आइएमइ बैंकबाट औपचारिक रुपमा बाहिरनेछन् भन्ने बताइएको छैन ।

वित्त तथा लेखा विषयमा स्नातकोत्तर तथा भौतिकशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर उपाधी प्राप्त गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।