तेस्रो त्रैमासमा पनि फर्स्टमाईक्रो बन्यो फर्स्ट, आशालाग्दो प्रगति विवरण

Apr 15, 2018 merolagani

थोक लघुवित्त कर्जा प्रबाह गर्ने फर्स्ट माईक्रोफाईनान्स (FMDBL) चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक वित्तिय विवरण प्रकाशित गर्ने कम्पनीहरुमध्ये पहिलो कम्पनी बनेको छ । लघुवित्तले आइतबार झण्डै २७ प्रतिशतले नाफा बढोत्तरी गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

फस्ट माईक्रोले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ७ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गतबर्षको भन्दा एक करोड ५४ लाख रुपैयाँ अर्थात २६.७१ प्रतिशत बढी हो ।

कम्पनीले ब्याज आम्दानी र संचालन नाफा दुबै बढाएर लगेको छ । वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको असर लघुवित्त कम्पनीमा परेको छ । जसले गर्दा लघुवित्तको पनि लागत भने बढेको छ । कम्पनीको चैत मसान्तमा लागत १०.५२ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो लागत ७.६८ प्रतिशत थियो ।

५६ करोड ७७ लाख चुक्ता पूँजी रहेको कम्पनीको जगेडाकोषमा १४ करोड ४४ लाख रुपैयाँ छ । जसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २४ पैसा, प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ, मुल्य आम्दानी अनुपात (पिइ रेसियो) ३६.५३ प्रतिशत छ । कम्पनीको निस्क्रिय कर्जा अनुपात शुन्य रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।