प्राईम लाइफको १६० र एशियन लाइफको ५० प्रतिशत हकप्रद भर्ने अन्तिम दिन

Apr 15, 2018 merolagani

प्राईम लाईफ र एशियन लाईफ ईन्स्योरेन्सले बिक्रीमा ल्याएको हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम हो । दुबै कम्पनीले आज आईतबार कार्यालय समयसम्म मात्र आवेदन गर्न पाइने जनाएका छन् । प्राईमले १६० र एशियन लाईफले ५० प्रतिशत हकप्रद सेयर बिक्रीमा राखेका छन् ।

प्राईम लाइफ
प्राईम लाइफले गत फागुन २७ गते आइतबारदेखि १६० हकप्रद सेयरको बिक्री खुला गरेको थियो। हकप्रद सेयर प्रयोजनका लागि प्राइमले गत फागुन १७ गते विहीबार सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । जस अनुसार फागुन १६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । इन्स्यारेन्सले हाल कायम पूँजीको ३२.५ प्रतिशत र १६० हकप्रदले समेत पाउने गरि समायोजित बोनसदर १२.५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरिसकेको छ । हकप्रद बिक्री र बोनस सेयर पूँजीकरण पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीका सेयरधनीले सिद्धार्थ क्यापिटल, प्राइम लाइफ इन्स्योरेन्सका सबै शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति पाएका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन गर्न सक्नेछन् ।

एशियन लाइफ

एशियन लाइफले फागुन १३ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको हो । हकप्रद प्रयोजनका लागि कम्पनीले माघ ८ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।जस अनुसार माघ ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका कम्पनीका सेयरधनीले मात्र हकप्रद सेयरका लागि आवेदन गर्न पाउनेछन्

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआएबीएल क्यापिटल रहेको छ । कम्पनीका सेयरधनीले एनआएबीएल क्यापिटल, एशियन लाइफ इन्स्योरेन्सका सबै शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति पाएका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन गर्न सक्नेछन् ।

हकप्रद निष्काशन पश्चिात कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड ८३ लाख रुपैंया पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।