नेपाल लाइफको नगद लाभांश वितरण, कहिले पठाउँदैछ बाेनस ?

Apr 15, 2018 Merolagani

नेपाल लाइफ (NLIC) इन्स्यारेन्स कम्पनीले साधारणबाट पारित नगद लाभांश भाेलीपल्टबाटै वितरण थालेकाे छ । कम्पनीकाे गत चैत २८ गते सम्पन्न १८ औं बार्षिक साधारण सभाले २८.५३ प्रतिशत नगद लाभांश तथा  ४२ प्रतिशत बाेनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियाे । सभाबाट पारित ४२ प्रतिशत बोनस सेयर भने नेप्से र सिडिएससीमा सूचीकरण पश्चात पठाइने कम्पनीले जनाएको छ । 

नेपाल लाइफले साधारण सभाका लागि बुकक्लोज गरेको अघिल्लो दिन चैत १३ गतेसम्म सेयर डिम्याट गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीलाई बोनसमा लाग्ने कर कट्टी गरि वितरण गरेको जनाएको हो ।

बुक क्लोजपछि डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्ने सेयरधनीको नगद क्रमश पठाउँदै जाने कम्पनीले जनाएको छ ।

हालसम्म पनि सेयर डिम्याट नगरेका सेयरधनीको नगद लाभांश तथा बोनस सेयर सेयर डिम्याट पश्चात बैंक खाता अद्यावधिक गराएपश्चात मात्र वितरण हुनेछ ।

विगत वर्षहरुको लाभांश संकलन नगरेका सेयरधनीले कम्पनीको प्रधान कार्यालय हेरिटेज प्लाजाको दोस्रो तल्ला कमलादीमा सम्पर्क गरि लिन इन्स्योरेन्स कम्पनीले आग्रह गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।