हिमालयन बैंक र इन्टरनेशनल फाइनान्स कर्पोरेशन बिच लगानी सम्झौता

Apr 15, 2018 Merolagani

हिमालयन बैंक र विश्व बैंक समूह अन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसि) बिच महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायमा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट कार्यकारी प्रमुख अशोक शम्शेर राणा र आर्इएफसिका तर्फबाट आवाशिय प्रतिनिधी एम रेहान रशिदले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार आइएफसिले हिमालयन बैंकलाई आवश्यक कोष कर्जा स्वरुप उपलब्ध गराउने छ । महिला उद्यमीहरुको साना तथा मझौला व्यापार स्थापना, सञ्चालन र प्रवद्र्धन गर्नु उक्त सम्झौताको मुख्य उदेश्य रहने बताइएको छ ।

हिमालयन बैंकले प्राप्त गरेको उक्त रकम नेपाली महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवर्द्वन गर्न प्रयोग गरिने छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।