मुक्तिनाथ बैंकमा तारा मानन्धर बने डेपुटी सिइओ

Apr 15, 2018 Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) को नायब प्रमुख कार्यकारी अधिकृतमा तारा मानन्धर नियुक्त भएका छन् । बैंकले आईतबारदेखि मानन्धरलाई पदबहाली गरेको छ ।

उनी मुक्तिनाथ विकास बैंक आउनुअघि प्रभु बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।
त्रिभुवन विश्व विद्यालयबाट एम.बि.ए उपाधि प्राप्त गरेका मानन्धरसँग विभिन्न वाणिज्य बैंकहरुमा १७ वर्ष लामो कार्य अनुभव रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।