बैंकले गत माघ ७ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यका दरले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । जसमध्ये २ करोड ११ लाख ९९ हजार ३२१ कित्ता सेयरका लागि मात्र आवेदन परेको र उक्त सेयर बाँडफाँड गरिएको बैंकको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।
हकप्रदमा बिक्री नभएको २३ लाख २६ हजार २८७ कित्ता सेयर बैंकले छिट्टै लिलामीमा ल्याउने भएको छ । लिलामीको मिति भने तय गरिएको छैन ।
हाल बैंकको चुक्तापूँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ । हकप्रद बाँडफाँड र लिलामी पश्चात बैंकको चुक्तापूँजी ८ अर्ब २३ करोड ३९ लाख पुगेको छ ।