रिलायन्स फाइनान्सको लिलामीको सेयरमा आवेदन गर्ने आज अन्तिम

Apr 16, 2018 merolagani

रिलायन्स फाइनान्स (RLFL) ले चैत २६ गतेदेखि लिलामीमा ल्याएको संस्थापक सेयरमा आवेदन दिने सोमवार अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो लिलामीमा बिक्री नभएपछि दोस्रो पटक सर्वसाधारणले समेत आवेदन गर्न पाउनेगरी लिलामीमा राखेको हो ।

फाइनान्सले ५ लाख ३५ हजार ३ सय १४ कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ । फाइनान्सले पहिलो पटक चैत्र १ गते देखि ८ सम्म खुला गरेको ५ लाख ४२ हजार ३१४ कित्ता संस्थापक सेयरमध्ये चार आवेदकले सात हजार कित्ता मात्र बोलकबोल गरेका थिए ।

लिलामीको सेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोएिकोे हुँदा सोभन्दा बढीको मूल्य अकिंत गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकहरुले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । अधिकतमका लागि कुनै हद तोकिएको छैन ।

विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड सहित रिलायन्स फाइनान्स लिमिटेडको पोखरा, चितवन, बनेपा र झापाको शाखाबाट आवेदन दिन सकिनेछ । साथै सनराइज बैङ्कको विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन पेश गर्न सकिने व्यवस्था रहेको छ ।

रिलायन्सले गत मंसिर २२ देखि माघ १२ गतेसम्म चुक्ता पूँजीको ४५ प्रतिशत बराबरको २३ लाख ६ हजार ५७१ कित्ता हकप्रद निष्काशन गरेको थियो । हकप्रदपछि फाइनान्सको चुक्ता पूँजी ७४ करोड ३२ लाख रुपैँया पुगेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।