सहाराले २५० प्रतिशत हकप्रद निष्काशन गर्न तोक्यो बुकक्लोज

Apr 16, 2018 Merolagani

सहारा विकास बैंक (SHBL) ले चुक्ता पूँजीको २५० प्रतिशत हकप्रद जारी गर्न वैशाख १० गते सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार वैशाख ९ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन पाउनेछन् ।

देव विकास बैंकले एक्वायर गर्न लागेको सहाराले हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरिसकेको छ । बैंकले एनआईबीएल एस क्यापिटल मार्फत १ बराबर २ दशमलव ५ को अनुपातमा १८ लाख २४ हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

हाल बैंकको चुक्ता पुँजी ७ करोड २९ लाख रुपैयाँ रहेको छ । २५० प्रतिशत हकप्रद पश्चात बैंकको पुँजी २५ करोड ५४ लाख रुपैयाँ नाघ्नेछ ।

देव विकाससँग एक्वायरमा जाने भएपछि सहाराले हकप्रद बिक्रीको निर्णय खारेज गर्न चाहेको थियो । तर बोर्डले नियम अनुसार निर्देशन दिएपछि सहारा हकप्रद बिक्री गर्न बाध्य भएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ५४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८९ पैसा कायम गरेको थियो । बैंकको सेयरमूल्य साेमबार ४६० रुपैयाँ हाराहारी रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।