अन्जन भण्डारी यो वर्षकै उत्कृष्ट जीवन बीमा अभिकर्ता

Apr 16, 2018 merolagani

लाईफ इन्स्योेरेन्स कर्पोरेशन नेपाल (LICN) का अभिकर्ता अन्जन भण्डारीले यो वर्ष पनि उत्कृष्ट अभिकर्ताको सम्मान पाएका छन् । यस वर्ष सबैभन्दा धेरै प्रिमियम संकलन गरेका भण्डारीलाई एलआईसीले उत्कृष्ट अभिकर्ताको सम्मान प्रदान गरेको हो ।



भण्डारी यसअघि पनि लगातार दुई वर्ष नेपालको उत्कृष्ट जीवन बीमा अभिकर्ताको रुपमा सम्मानित भईसकेका छन् । साथै उनी सरकारलाई सबैभन्दा धेरै कर बुझाउने अभिकर्ताको रुपमा पनि विगत ३ वर्षदेखि लगातार उत्कृष्ट हुँदै आएका छन् ।

भण्डारीले ४ लाख भन्दा बढि बीमा एजेन्टहरुलाई प्रतिस्पर्धामा पछाडि पार्दै यो सफलता हासिल गरेका हुन् । एक दशकदेखि नेपालको बीमा क्षेत्रमा सक्रिय भण्डारीले वार्षिक २ करोड ४० लाख रुपैयाँभन्दा बढि प्रिमियम संकलन गर्दे आएका छन् ।

आम्दानीको निश्चित प्रतिशत सामाजिक कार्यमा खर्च गर्नुपर्ने सोचअनुसार भण्डारी आफ्नो व्यवसायीक गतिबिधिका साथमा सामाजिक सेवामा समेत सक्रिय हुँदै आएका छन् । उनले हाल सिन्धुपाल्चोकमा रहेको श्री आनन्द उच्च मा.वि.का ६ जना विद्यार्थीहरुलाई निजी खर्चमा छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।