एनआईसी एशियाको ऋणपत्र तथा सामुहिक लगानी कोषको इकाई सूचीकृत

Apr 16, 2018 Merolagani

एनआईसी एशिया बैंकको एनआईसी एशिया ऋणपत्र २०८१/८२ तथा सामूहिक लगानी कोष एनआईसी एशिया ग्रोथ फण्डका इकाई सोमबार नेप्सेमा सूचीकरण भएको छ । नेपाल स्टक एक्सचेञ्जले ३० लाख कित्ता एनआईसी एशिया डिबेन्चर २०८१/८२ तथा एनआईसी एशिया ग्रोथ फण्डका ८ कराेड ३५ लाख २० हजार इकाई सोमबार सूचीकरण भएको जनाएको हो ।

एनआईसी एशिया बैंकले पुस १३ देखि २१ गतेसम्म एक हजार रुपैयाँ अंकित दरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र निष्काशन गरेको थियो । सो मध्ये ६० करोड रुपैयाँ बराबरको इकाई सर्वसाधारणमा जारी गरेको थियो ।

विगतको दशक देखी बैंकिङ्ग क्षेत्रमा कायम रहेको व्याजदरको स्थितिलाई मध्यनजर गरी ७ वर्षका लागि ९ प्रतिशत व्याजदरमा ऋणपत्र जारी गरेको हो । यसका लगानीकर्ताले अर्धवार्षिक रुपमा ९ प्रतिशत व्याज प्राप्त गर्नेछन् ।

त्यस्तै गत माघ २ गतेदेखि फागुन १३ गतेसम्म एक अर्ब रुपैयाँको एनआईसी एशिया ग्रोथ फण्डका इकाई जारी गरेपनि कम आवेदन परेपछि कोषको आकार घटाएर ८३ करोड ५२ लाखमा सीमित गरिएको थियो ।

सोमबार एनआईसी एशिया ग्रोथ फण्डको दश रुपैयाँ अंकित दरका ८ करोड ३५ लाख २० हजार इकाई नेप्सेमा सूचीकरण गरिएको हो ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।