मञ्जुश्री फाइनान्सको खुद नाफा ५० प्रतिशतले बढ्यो

Apr 17, 2018 Merolagani

मञ्जुश्री फाइनान्स कम्पनी (MFIL) ले तेस्रो त्रैमासमा खुद नाफा ५० प्रतिशतले बढाएको छ । फाइनान्सले मंगलबार प्रकाशित गरेको वित्तीय विवरणमा गत बर्षको तेस्रो त्रैमाससम्मकाे ३ करोड ५६ लाख रुपैयाँ खुद नाफा बढेर अहिले पाँच करोड ४६ लाख रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैमासमा फाइनान्सले आफ्ना सबै वित्तीय सूचकमा प्रगतिको लय समातेको देखिन्छ । गत बर्ष रहेको ६ करोड ४७ लाखको जगेडा कोष १५ करोड २३ लाख, ३ अर्ब २५ करोडको निक्षेप पाँच अर्ब ६१ करोड र ३ अर्ब ३१ करोडको कर्जा परिचालन ४ अर्ब ९७ करोडमा वृद्धि गर्न कम्पनी सफल भएको छ । 

त्यसैगरि खुद व्याज आम्दानी २ करोड ६२ लाख बढाएर ११ करोड ६१ लाख तथा सञ्चालन नाफा ३७ करोडले वृद्धि भएर पाँच करोड ९८ करोड पुगेको छ । निष्कृय कर्जा नोक्सानी बापत फाइनान्सले एक करोड २२ लाख व्यवस्था गरेको छ ।

निष्कृय कर्जा अनुपात ०.५८ प्रतिशत घटाएर २.१३ मा झार्नुले पनि फाइनान्सको खराब कर्जारमा थप सुधार हुँदै गएको देखिन्छ । 

समिक्षा अवधिमा फाइनान्सले हकप्रद जारीबाट ६२ करोड ३९ लाख रुपैयाँको चुक्ता पूँजी ७२ करोड ४३ लाख रुपैयाँ पुर्याएको छ । राष्ट्र बैंकले तोकेको ८० कराेड चुक्ता पूँजी कायम गर्न फाइनान्सले गत आर्थिक बर्षको बोनस र थप पाँच प्रतिशत हकप्रद पूँजीकरण गरेर पुरयाउँदैछ ।

फाइनान्सको प्रतिसेयर आम्दानी १० रुपैयाँ ०६ पैसा, नेटवर्थ १२१ रुपैयाँ ४५ पैसा र मूल्य आम्दानी अनुपात १२.८२ गुणा बढी रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।