सूर्या लाइफको ४० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Apr 17, 2018 merolagani

सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले दश बराबर चार अनुपातमा निष्कासन गर्न लागेको ४० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले हकप्रद प्रयोजनका लागि बैशाख ५ गते सेयरधनी किताब बन्द गर्देछ । आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका र साबिकका सेयरधनीले मात्र उक्त हकप्रद पाउनेछन् ।

सूर्या लाइफ इन्स्योरेन्सले ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजीको ४० प्रतिशत हुन आउने २८ करोड ८७ लाख ५० हजार रुर्पैयाँ बराबरको २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

हकप्रदपछि कम्पनीको पूँजी एक अर्ब एक करोड ६ लाख रुपैयाँ पुग्नेछ । जीबन बीमा कम्पनीले बीमा समितिको निर्देशन अनुरूप २०७५ असार मसान्तसम्म दुई अर्ब पूँजी कायम गर्नुपर्ने हुन्छ । जसका लागि हकप्रद पश्चात कम्पनीले ९९ करोड थप पूँजी विस्तार गर्नुपर्ने देखिन्छ ।

हकप्रद जारी गर्न इन्स्योरेन्सले एनआइसी एशिया क्यापिटललाई विक्री प्रबन्धक तोकेको छ । कम्पनीको गत भदौ २७ गते सम्पन्न नवौ बार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्स्योरेन्सले ७ करोड २६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ १३ पैसा कायम गरेको छ ।कम्पनीको अहिले दोस्रो बजारमा प्रतिकित्ता ९१५ रुपैयाँको हाराहारी कारोबार भइरहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।