काबेली विकास बैंकको लिलामीको संस्थापक सेयरमा आवेदन गर्ने अन्तिम मौका

Apr 17, 2018 merolagani

काबेली विकास बैंक (KEBL) को लिलामीमा राखेको ४५ हजार ३५१ कित्ता संस्थापक सेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर एक सय कित्ता देखि सम्पूर्ण सेयरकोलागी आवेदन दिन सक्नेछन् ।

बैंकले यसअघि निष्काशन गरेको ५० प्रतिशत हकप्रदमा अवितरित संस्थापक सेयर चैत्र २७ गते देखि बैशाख ४ गते सम्म लिलामीमा राखेको हो ।

बैंकको लिलामीको सेयर सकार्न इच्छुक लगानीकर्ताले आज कार्यालय समय भित्र बिक्री प्रकन्धक ग्लोबल आईएमई क्यापिटल जमल, तथा ग्लोबल आइएमई बैंकका वीरगञ्ज, विराटनगर, सुर्खेत, धनगढी, पोखरा सभागृह चोक, बुटवल मिलन चोक र नेपालगञ्ज त्रिभुवन चोकबाट लिलामी आवेदन बुझाउन सक्ने छन् ।

बैकंको सोमबार प्रतिकित्ता सेयर मूल्य २६० रुपैयाँमा कारोबार भएको थियो । काबेली विकास बैंकले माउण्ट मकालू डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने प्रकृयामा समेत रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।