सनराइज बैंकको बोनस पाउन कसले तिर्नुपर्छ कर ?

Apr 17, 2018 Merolagani

सनराइज बैंक(SRBL)  ले २०७३ माघ २९ गतेपश्चात साधारण सभाका लागि सेयरधनी किताब बन्द भएको मिति (गत कात्तिक १२ गते) सम्म सेयर खरिद गरेर कायम रहेका सेयरधनीले बोनस प्राप्त गर्न कर तिर्नुपर्ने जनाएको छ ।

सेयर अभौतिकिकरण गरेका र बोनसको कर तिर्नु नपर्ने सेयरधनीलाई भने सभाबाट पारित १५ प्रतिशत बोनस सेयरधनीको हितग्राही खातामा पठाइसकेको बैंकले जनाएकाे छ ।

कर तिर्नुपर्ने सेयरधनीले बोनस सेयरको कर बापतको ५ प्रतिशतले हुने रकम सनराइज बैंकको खाता नम्बर ०६९०३७१११४७०१००२ मा जम्मा गरेको रसिद पेश गरे पश्चात मात्र बोनस सेयर हितग्राही खातामा जम्मा गरिने बताएको छ ।

बैंककाे १० औं बार्षिक साधारण सभाले गत अार्थिक बर्षकाे नाफाबाट सेयरधनीलार्इ १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

हालसम्म पनि भौतिक सेयर ग्रहण गरेका सेयरधनीले यस बैंकको सेयर रजिष्ट्रार सनराइज क्यापिटल तथा कुनै निक्षेप सदस्य तथा वित्तिय संस्थाबाट डिम्याट खाता खोलेर सेयर अभौतिकिकरण गरेपश्चात मात्र बोनस वितरण हुने बैंकले जनाएको छ ।

बैंकले वितरण गरेको बोनस सेयर चैत २८ गते नेप्सेमा सूचीकृत भएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।