चीनकाे आर्थिक वृद्धि ६ दशमलब ८ प्रतिशत ,अपेक्षाभन्दा बढीकाे उपलब्धी

Apr 17, 2018 BBC

चीनमा यसै वर्षको जनवरीदेखि मार्च महिनासम्ममा पूर्वानुमान गरिए भन्दा केही बढी अर्थात् ६ दशमलब ८ प्रतिशतको आर्थिक वृद्धि भएको छ। अघिल्लो वर्षको पहिलो तीन महिनाको अवस्था भन्दा यो वृद्धिदर बढी हो।

हालको कूल गाह्रस्थ उत्पादन सम्बन्धी आँकडाहरू पनि बेइजिङको लगभग ६ दशमलब ५ प्रतिशतको वृद्धिको लक्ष्य भन्दा बढी रहेको छ।

तथ्याङ्कहरूले विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई बलियो उपभोक्ता मागले साथ दिइरहेको देखाएको छ। तर चीनको अर्थतन्त्रलाई मुख्य रुपमा बढ्दो ऋणको अनुपातले असर पार्ने ठानिएको छ। चीनको सरकार बढ्दो ऋणलाई नियन्त्रण गर्ने र वृद्धिलाई बाधा नपुग्ने गरी घर जग्गा व्यवसायमा बढेको उच्च मागलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ।

चीन

सिंगापुरस्थित नोर्डिआ ब्याङ्कका चीन अर्थविद् एमी झुहाङले पहिलो चौमासिकको वृद्धिदरलाई ‘ठोस उपलब्धि’ भन्दै घर जग्गा व्यवसायका कारण पछिल्लो सकारात्मक अवस्था विस्तारै कमजोर हुनसक्ने उल्लेख गरिन्।

आफ्नो प्रमुख व्यापारिक साझेदार संयुक्त राज्य अमेरिकासँग निर्यातको विषयलाई लिएर चुलिँदो तनावका माझ चिनीयाँ अर्थतन्त्रको पछिल्लो आँकडा आएको हो।

अमेरिकाले प्रस्ताव गरेका कर वृद्धिका कारण सन् २०१८ मा चिनियाँ अर्थतन्त्रमा कस्तो प्रभाव पर्नेछ भनेर नजिकबाट नियालिने विश्लेषकहरू बताउँछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।