चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मुक्तिनाथले ४२ करोड ७५ लाख खुद मुनाफा गरेको छ । जुन गतबर्षको यसैअवधिको भन्दा २० प्रतिशत अर्थात ७ करोड २४ लाख बढी हो । बैंकको खुद ब्याज आम्दानी २०.७५ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा २२.५२ प्रतिशतले बढेको छ ।
समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी २ अर्ब ५९ करोड पुगेको छ । जसको जगेडा कोषमा ८० करोड ४६ लाख रहेको छ । एकबर्षको अवधि बैंकको चुक्तापूँजी ६८ प्रतिशत तथा जगेडाकोष झण्डै २७ प्रतिशतले बढेको छ ।
बैंकले यसअवधिमा २४ अर्ब ५४ करोड निक्षेप संकलन गरी २१ अर्ब ९९ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप ६२ प्रतिशतले बढ्दा कर्जा ५५ प्रतिशतले बढेको छ ।
बैंकको सिडी रेशियो ७९.२१ प्रतिशत, निष्क्रिय कर्जा ०.०१ प्रतिशत, प्रतिसेयर आम्दानी २२ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ १३०.५४ पैसा कायम गरेको छ ।