समीक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी १५ करोड पाँच लाखबाट १२ करोड एक लाख रुपैयाँमा खुम्चिएको छ । कर्मचारी खर्च एक करोड ३४ लाख, अन्य सञ्चालन खर्च ७१ लाख तथा कर्जा नोक्सानी व्यवस्था ४३ करोडले बढेको छ ।
यस अवधिमा बैंकले ४ अर्ब ४८ कराेड निक्षेप संकलन गरी ३ अर्ब ७९ कराेड रूपैयाँ कर्जा विस्तार गरेकाे छ । गत बर्षकाे तेस्राे त्रैमासमा बैंकले ३ अर्ब ७६ कराेड निक्षेप संकलन गरी ३ अर्ब २१ कराेड रूपैयाँ कर्जा प्रवाह गरेकाे थियाे ।
यस अवधिमा बैंकले एक करोड १४ लाख खराब कर्जा असुली गर्दा समेत बैंकको समग्र नाफा भने गत बर्षको तेस्रो त्रैमासको तुलनामा ३१ प्रतिशतले घट्न पुगेको देखिएको छ ।
५० करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १७ पैसा रहेको छ । त्यस्तै निष्कृय कर्जा अनुपात ०.३७ प्रतिशत, प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ६० पैसा र मूल्य आम्दानी अनुपात १४.८२ गुणा बढी छ ।