यसअघि कम्पनीले आयोजना प्रभावित गोरखाका स्थानीयबासीका लागि ६ करोडको आईपिओ बिक्री गरेको थियो ।
कम्पनीले एक सय रुपैयाँ अंकित दरले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपिओ निष्कासनको अनुमति माग्दै बुधबार नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । बोर्डबाट स्वीकृति पाएपछि कालिकाले आईपिओ निष्कासन गर्नेछ ।
आईपिओ निष्कासन गर्न कम्पनीले काठमाडौं क्यापिटल मार्केटस लिमिटेड र ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रवन्धक नियुक्त गरेको छ ।
यसअघि कालिकाले गत माघ २१ देखि आयोजना प्रभावित गोरखाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपिओ निष्कासन गरेको थियो ।
कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी हाल सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रको कालिका ग्रुपबाट प्रवद्र्धित आयोजनाको उत्पादन लागत प्रति मेगावाट २३ करोड १२ लाख रुपैयाँ छ ।
कम्पनीले प्राथमिक सेयरबाट उठेको रकम ठकेदार र अल्पकालिन कर्जा भुक्तान गर्न प्रयोग गर्ने र केही रकम दिर्घकालिन कर्जा भुक्तानीको लागि प्रयोग गरिने बताइएको छ ।
सेयर जारीपछि कम्पनकिो चुक्ता पूँजी ७८ करोड रुपैयाँ पुग्नेछ ।