पूँजीगत खर्च वृद्धिमा केन्द्रित हुन अर्थमन्त्रीको निर्देशन

Apr 19, 2018 merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजीगत खर्च वृद्धिमा केन्द्रित हुन मातहतका निकायलाई निर्देशन दिएका छन् । बुधबार अर्थमन्त्रालयको दोस्रो चौमासिक प्रगति समीक्षा एंव मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री खतिवडाले सो निर्देशन दिएका हुन ।

अर्थमन्त्री खतिवडाले अर्थमन्त्रालयले कार्यसम्पादन नतिजाको आधारमा मातहतका सबै निकायहरुको मूल्याकंन गर्ने, नतिजान्मुख भई कार्यसम्पादन गर्ने, शोधभर्ना प्राप्तिलाई कार्यसम्पादनसँग आवद्ध गराउन तथा पूँजीगत खर्च वृद्धिमा केन्द्रित हुन निर्देशन दिए ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक बर्षको दोस्रो चौमासिक अर्थात फागुन मसान्तसम्ममा २८.८ प्रतिशत मात्र पूँजीगत खर्च भएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।