बर्षदिनमा नेप्सेको इतिहास फेरि दोहोरिएला ? यस्तो छ चित्र कथा

Apr 19, 2018 merolagani

नयाँ बर्ष लागे यता सेयरबजार निरन्तर बढेको छ । नेप्से सूचक मात्र होईन कारोबार रकमले समेत बजारलाई साथ दिदै आएको छ । लगातार दोहोरो अंकले बजार बढ्दा  उत्साह त थपिएको छ नै भोलिका दिनमा बजार के होला भन्ने कौतुहल्ता पनि लगानीकर्तामा उत्तिकै देखिन्छ ।

 

यतिबेला बजार निरन्तर दोहोरो अंकले बढ्नुपर्ने विशेष खास कारण केहि देखिदैन । तर पनि बजार बढीरहेको छ । तरलताको अवस्थामा उल्लेखीय सुधार हुन सकेको छैन । ब्याजदरको समस्या उस्तै छ । पछिल्ला दिनमा बजार बढ्दा मार्जिन कलमा भने केही राहात मिलेको देखिन्छ ।

सेयरबजारमा सेयर आपूर्ति बढ्ने क्रम रोकिएको छैन, बोनस र हकप्रक सूचिकृत हुने क्रम जारी नै छ । नयाँ लगानीकर्ता भित्र्याएर माग सिर्जना गराउने गतिविधि पनि खासै हुन सकेको देखिदैन । बजार विकास र विस्तारका लागि नयाँ कार्यक्रमहरु पनि आएका छैनन् तर पनि लगानीकर्तामा बजारप्रति विस्वास जागेको छ । बजार निरन्तर बढेकै छ ।

 

निकट भविष्यमै आउन लागेको अनलाइन कारोबार प्रणाली, आर्थिकबर्षको अन्त्यतिर पूँजीगत खर्चमा हुने वृद्धि र भावी बजेटको अपेक्षा, विदेशबाट कर्जा भित्र्याउने पहलले तरलता सहज हुने र ब्याजदर घट्ने अनुमान, तेस्रो त्रैमासमा कम्पनीहरुले प्रस्तुत गर्नसक्ने वित्तीय विवरणहरु प्रति लगानीकर्ताको सकारात्मक धारणा नै बजार बढ्नुको आधार देखिएको छ ।

 

सेयरबजारका लगानीकर्ताले वैशाख जेठतिरको कारोबारलाई सेयरको सिजनका रुपमा समेत व्याख्या गर्ने गरेका छन् । विगतका बर्षहरुको कारोबार प्रवृति र बजारलाई निहाल्ने हो भने पनि वैशाख महिनामा सेयर कारोबारसँगै नेप्से समेत बढेको देखिन्छ ।

गएको बर्षको तथ्याङ्क र अहिलेको तथ्याङ्क हेर्दा पनि चैत्र वैशाख तिर जसरी बजार चलेको छ सोही प्रवृतिमा अहिलेको बजार पनि चलेको देखिन्छ । पुरानै प्रवृति बजारले पछ्याएमा बजार नयाँ उचाईमा पुग्ने आँकलन गर्नेहरुको पनि कमि छैन ।

 

गएको बर्षको कारोबारको प्रवृति र अहिलेको प्रवृति ठ्याक्कै मिल्दोजुल्दो देखिन्छ । गतबर्षको यहि सिजनमा जसरी बजार घटबढ भएको छ जुन रुपमा बजारमा कारोबार भएको छ । त्यही रुपमा यो बर्ष पनि बजार चलामायन भएको देखिन्छ । यसले लगानीकर्ताको सेयरबजारप्रतिको व्यवहारलाई समेत उजागर गर्दछ । लगानीकर्ताको कारोबार शैली उही नै रहेकाले के गएको बर्षको इतिहास यसपालि दोहोरिएला त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।

सेयर बजारमा बुधबार अर्ब बढी कारोबार हुनुमा यस्ता देखिन्छन् कारण

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।