नेपाल इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Apr 19, 2018 Merolagani

बिहीबार नेपाल इन्स्योरेन्सको ४.५२ प्रतिशत बोनस तथा महालक्ष्मी विकास बैंकको ९ प्रतिशत नगद लभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । दुबै कम्पनीले शुक्रबार बुकक्लोज गर्ने भएकाले बिहीबारसम्म कायम सेयरधनीले मात्र सो कम्पनीको लाभांश पाउनेछन् ।

महालक्ष्मी विकास बैंक (MLBL) ले ९ प्रतिशत नगद लाभांश पारित गर्न बैशाख २१ गते १६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकले साधारणबाट मर्जर/एक्विजीसन जाने बाटो खुला राख्दै लेखापरीक्षक नियुक्ती र संचालक समितिको निर्वाचन गर्नेछ ।

त्यस्तै संस्थापक सेयरधनीका तर्फबाट ३ र सर्वसाधारणबाट ३ गरी ६ जना सञ्चालक समितिको निर्वाचन गर्ने कार्यक्रम रहेको बैंकले जनाएको छ ।

विकास बैँकहरुमध्ये सबैभन्दा बढी २ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पूँजी भएको महालक्ष्मी विकास बैंकले फाल्गुन मसान्तसम्म २४ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बुधबार बैंकको प्रतिकित्ता सेयरमूल्य १९५ रुपैयाँमा कारोबार भएको छ ।

इन्स्योरेन्स कम्पनी (NICL) ले बैशाख २१ गतेका लागि ६९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले एक करोड ३६ लाख ६१ हजार ४८५ रुपैयाँ बराबरको बोनस तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि ७ लाख १९ हजार २५ रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

त्यस्तै शतप्रतिशत हकप्रद जारी गरिरहेको कम्पनीले बीमा कम्पनीले तोकेको चुक्ता पूँजी कायम गर्न शतप्रतिशत हकप्रदपछि कायम हुने चुक्ता पूँजी ६१ करोड लाखको थप ६५ प्रतिशत अर्थात ४० करोड १४ लाख ६५ हजार १५८ रुपैयाँको हकप्रद जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्देछ । यो हकप्रदपछि कम्पनीको पूँजी एक अर्ब एक करोड ९१ लाख रुपैयाँ पुग्नेछ ।

बुधबार इन्स्योरेन्सको प्रतिकित्ता सेयरमूल्य ७२६ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।